१० हजार मतान्तरले अर्जुननरसिंह केसी पराजित



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी १० हजार मतान्तरले पराजित भएका छन् ।

नुवाकोटको क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याएका हुन् भने केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन्।


क्लिकमान्डु