दोब्बर मतान्तरले भक्तपुर २ मा महेश बस्नेत विजयी



काठमाडौं । भक्तपुर २ नम्बर क्षेत्रमा नेकपा एमालेका महेश बस्नेत दोब्बर मतान्तरले विजयी भएका छन् ।

बामगठबन्धनका उम्मेद्वार बस्नेतले कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले हराएका हुन्।

विजयी पूर्वउद्योगमन्त्री बस्नेतले ३६ हजार चार सय १२ मत ल्याएका छन् । पूर्वसभामुख ढुंगानाले १८ हजार ६ सय ८७ मत ल्याएका छन् ।

२०४८ सालको निर्वाचनपछि सभामुख बनेका ढुंगाना २०५१ चुनाव हारेपछि राजनीतिमा सक्रिय थिएनन् ।

उनले अन्तिम मत परिणाम नआउदै हार स्विकार गरेका थिए । सामाजिक संजालमा भुतले खाजा खान लागेको समयमा चुनाव उठेको टिप्पणी ढुंगानाको थियो ।

२०७० सालको निर्वाचन सम्म भक्तपुरमा कमजोर मानिएको एमाले महेश बस्नेतको कारण बलियो भएको छ । २०७० सालको निर्वाचनमा बस्नेत भक्तपुर २ मा पराजित भएका थिए ।


क्लिकमान्डु