पाल्पा २ मा १० हजार मतान्तरले सोमप्रसाद पाण्डे विजयी



काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सोमप्रसाद पाण्डे ३४ हजार ८९९ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत ल्याएका छन् ।

पाल्पाको क्षेत्र नम्बर २ को दुईवटै प्रदेशमा बामगठबन्धनका उम्मेद्वारले जितेका छन् । क्षेत्र नम्बर १ मा पनि बाम गठबन्धनका उम्मेद्वार अगाडि छन् ।


क्लिकमान्डु