धनुषा ३ मा राजपाका राजेन्द्र महतो विजयी



काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महतो विजयी भएका छन् । उनले २८५२७ मत प्राप्त गरेर प्रतिनिधिसभामा चुनिएका छन् ।

लोकतान्त्रिक गठबन्धन निर्माणमा सक्रिय रहेका कांग्रेसका निधी आफ्नो निर्वाचन क्षेत्रमा पराजित बन्नु परेको छ ।

महतो धनुषा क्षेत्र नम्बर ३ मा आएपछि कांग्रेस र मधेश केन्द्रीत दलबीच निर्वाचन अगाडि समिकरण बन्न सकेन ।

निधिले २५८८९ मत ल्याएका छन्। देशभर बाम गठबन्धनको लहर चल्दा धनुषा ३ मा भने बामको न्यून मत आएको छ ।

निर्वाचनको २ दिन अगाडि महतो र बाम गठबन्धनबीच सहमति भएको समाचार बाहिर आएको थियो ।


क्लिकमान्डु