बर्दिया १ मा बामदेव गौतम १७७ मतले पछाडि



काठमाडौं । मतगणनाको सुरुवातदेखि बर्दिया १ मा अग्रता लिएका एमाले उपाध्यक्ष बामदेव गौतम पछिल्लो परिणाम अनुसार पछाडि परेका छन् ।

बर्दियाको क्षेत्र नम्बर १ मा सिँचाई मन्त्री सञ्जयकुमार गौतमले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पछि पारेका छन् ।

पछिल्लो परिणाम अनुसार बामदेव सन्जय भन्दा १७७ मतले पछाडि परेका छन् ।

सिँचाई मन्त्री गौतमले २८ हजार ९२१ मत प्राप्त गरेका छन् ।

उनलाई एमाले उपाध्यक्ष गौतमले २८ हजार ७४४ मतले पछ्याइ रहेका छन् । बर्दिया–१ कुल एक लाख ३९ हजार ३६२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।


क्लिकमान्डु