पूर्वअर्थमन्त्री पौडेल २२ हजार मतान्तरले विजयी



काठमाडौं । नेकपा एमालेका नेता बिष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट २२ हजार मतान्तरले विजयी भएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले ४४ हजार ३ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका २१ हजार ९ सय ३७ मत प्राप्त गरे ।

पौडेल रुपन्देहीको सोही क्षेत्रबाट २०६४ सालदेखि अहिलेसम्म निर्वाचित हुँदै आएका छन् ।

२०५६ सालमा सो क्षेत्रमा निर्वाचन हारेका पौडेलले २०७० सालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्राईलाई पराजित गरेका थिए ।

नेकपा एमालेका उपमहासचिव रहेका पौडेल निर्वाचनमा बढी मतान्तरमा जित्ने नेतामा पर्छन् ।


क्लिकमान्डु