राजदुतबाट राजिनामा दिएर चुनाव लड्न आएका दिपकुमार १५३६ मतले पछाडि



काठमाडौं । नेपालका लागि भारतको राजदुत पदबाट राजिनामा दिएर निर्वाचन लड्न आएका कांग्रेस उम्मेद्वार दिपकुमार उपाध्याय १५३६ मतले पछाडि परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार दिपकुमारले १५१२२ मत प्राप्त गरेका छन् । बामगठबन्धनका माओवादी उम्मेद्वार चक्रपाणी खनालले १६६५८ मत प्राप्त गरेका छन् ।

२०७० सालको संविधासभा निर्वाचन हारेपछि दिपकुमारलाई शुसील कोइराला नेतृत्वको सरकारले राजदुत बनाएर भारत पठाएको थियो । त्यसपछि बनेको केपी शर्मा ओलीको सरकारले फिर्ता बोलाएको थियो ।

पुनः प्रचण्ड सरकारले दिपकुमारलाई भारतमा राजदुत बनाएर पठाएको थियो ।


क्लिकमान्डु