नवराज सिलवालले ६ हजार २१७ मतान्तरले चुनाव जिते



काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नवराज सिलवालले ६ हजार २१७ मतान्तरले चुनाव जितेका छन् ।

प्रहरीका डिआइजी रहेका सिलवाल आइजिपीको विषयमा विवाद भएपछि निर्वाचन अगाडि एमालेमा प्रवेश गरेका थिए ।

सिलवालले २६ हजार ९४७ मत ल्याएर विजयी भएका छन् ।

नेपाली कांग्रेसका उदय शम्शेर राणाको २० हजार ७२९ मत प्राप्त गरे ।

सिलवाललाई पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा आइजिपी बनाएको थिएन ।

त्यही आधारमा सर्बोच्च अदालतका प्रधानन्यायधीश शुसीला कार्कीलाई महाभियोग समेत समेत कांग्रेस र माओवादी मिलेर लगाएका थिए ।


क्लिकमान्डु