प्रधानमन्त्री देउवाको गृह जिल्लाको प्रदेशसभामा बामगठबन्धन विजयी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रदेशसभामा बामगठबन्धनका पठानसिंह बोहरा विजयी भएका छन् ।

घोषणा भएको मतपरिणाम अनुसार डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार बोहराले कांग्रेसका रघुबर भट्टलाई २ हजार १६९ मत अन्तरले हराए ।

बोहराले १३ हजार ५ सय ६६ प्राप्त गरे भने कांग्रेसका भट्टले ११ हजार ३ सय ९४ मत पाए ।


क्लिकमान्डु