कृष्णबहादुर महरा १४ हजार मतान्तरले विजयी



काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।

महराले ३९ हजार ९५९ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी पूर्वसांसद राजु खनालले २६ हजार ३६ मत प्राप्त गरे ।

दाङ क्षेत्र नम्बर २ को दुईवटै प्रदेशसभामा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।


क्लिकमान्डु