वाम लहरलार्इ चिर्दै मोरङ क्षेत्र नं. २ मा कांग्रेसका डा मिनेन्द्र रिजाल विजयी



काठमाडौं । मोरङ जिल्ला क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री डा मिनेन्द्र रिजाल विजयी भएका छन् ।  जिल्लाभरी नै बाम गठबन्धनको लहरका बीच मोरङमा उनी आफ्ना निकटम प्रतिद्धन्दी भन्दा करिब १८ सय मतान्तरले बिजयी भएका हुन् ।

प्रतिनिधि सभाको निर्वाचनमा डा रिजालले वाम गठबन्धनका तर्फबाट एमालेका पूर्व सांसद ऋषिकेश पोखरेललाई हराएका हुन् ।

डा. रिजालले कुल ३५,८१९ मत ल्याए भने एमालेका पोखरेलले ३४,०१४ मत ल्याए।

मोरङमा ६ वटा निर्वाचन क्षेत्र मध्ये  क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । क्षेत्र नम्बर ५ मा मत गणना जारी रहेको छ ।


क्लिकमान्डु