समानुपातिकको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो



काठमाडौं । प्रत्यक्ष निर्वाचनमा अत्याधिक पछाडि रहेको नेपाली कांग्रेस समानुपातिकमा भने अगाडि आएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार नेपाली कांग्रेस अहिले ५१६३ मत सहित अगाडि रहेको छ ।

यस्तै दोस्रोमा रहेको नेकपा एमालेले ४६१३ मत प्राप्त गरेको छ ।

माओवादीले १४३४ मत प्राप्त गरेको छ ।

एमालेले र माओवादीले प्रत्यक्ष चुनावमा गठबन्धन गरेपनि समानुपातिकमा भने आफ्नो चुनाव चिन्नमा प्रतिस्पर्धा गरेका थिए ।

आयोगले अहिले कहाबाट मत गनेको जानकारी दिएको छैन । समानुपातिक व्यवस्था अन्तर्गत ११० जना प्रतिनिधिसभाको लागि चुनिने छन् ।


क्लिकमान्डु