दोलखाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ बिजयी



काठमाडौं । एमालेका पार्वत गुरुङ दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा ३० हजार भन्दा बढी मत अन्तरले बिजयी भएका छन् ।

गुरुङले निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रवहादुर खड्कालार्इ पराजित गरेका हुन् ।

उनले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रवहादुर खड्काले २५ हजार ८० १ मत पाए ।

उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ, जुन यो निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा ठूलो फरक हो ।


क्लिकमान्डु