काठमाडौं ४ मा गगन थापा ३ हजार बढी मतले बिजयी



काठमाडौं । निकै चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका युवा नेता गगन थापा ३ हजार ४ सय बढी मतले निर्वाचित भएका छन् ।

उनले २१ हजार ५ सय ५१ मत ल्याई नेकपा एमालेका युवा नेता राजन भट्टराईलाई हराएका हुन् । सुरु देखिनै निकै प्रतिस्पर्धा भइरहेको यस क्षेत्रमा भट्टराईले १८ हजार १ सय ४० मत ल्याए ।

दुबै युवा नेताको चुनावी प्रतिस्पर्धा सुरुदेखि नै निकै रहेको थियो । थापा यसअघि २०७० सालको संबिधानसभा निर्वाचनमा समेत यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसअघि नन्दकिशोर पुनलाई हराएका थापाले यस पटक समेत हेबि वेट युवा प्रतिस्पर्धीलाई हराएका छन् ।

 


क्लिकमान्डु