ललितपुर क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन विजयी



काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका एमालेका कृष्णलाल महर्जन विजयी भएका छन् ।

महर्जनले २७ हजार ७१३ मत प्राप्त गरि बिजयी भएका हुन् ।

उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् ।

२०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका चन्द्र महर्जनले चुनाव जितेका थिए ।


क्लिकमान्डु