रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी



काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका ३७ जिल्लामा अहिलेसम्म घोषणा भएको मतपरिणाममा नेपाली कांग्रेसलले रसुवामा मात्र विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेद्वार मोहन आचार्य रसुवाबाट विजयी भएका छन् ।

आचार्यले नेकपा एमालेका उम्मेद्वार जनार्दन ढकाललाई पराजित गर्दै प्रतिनिधिसभामा चुनिएका छन् ।

घोषणा भएको अन्तिम मतपरिणाम अनुसार आचार्यले १४,७३५ मत प्राप्त गरे भने ढकालले १०,५६० मत प्राप्त गरे ।
ढकालले २०७० सालको निर्वाचन जितेका थिए ।


क्लिकमान्डु