काठमाडौं १ बाट पराजित भएपछि विवेकशिल साझा पार्टीका रविन्द्र मिश्रले भनेः बैकल्पिक शक्ति तयार भयो



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएपछि विवेकशिल साझा पार्टीका उम्मेद्वार रविन्द्र मिश्रले बैकल्पिक शक्ति तयार भएको बताएका छन् ।

काठमाडौं नतिजा आएपछि विज्ञप्ती प्रकाशित गर्दै मिश्रले आफुलाई भोट दिने सबैलाई धन्यवाद दिदै काठमाडौं १ बाट लगातार तेस्रो पटक विजयी भएका कांग्रेसका प्रकाशमान सिंहलाई फोन गरेर बधाई दिएको जानकारी दिएका छन् ।

‘यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।’ मिश्रले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ ।

मिश्रले नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको बताउदै
अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुने व्यक्त गरेका छन् ।

मिश्र बिबिसी जागिर छाडेर बैकल्पिक धारको राजनीति गर्ने भनेर साझा पार्टी खोलेका थिए । साझामा पहिले नै क्रियाशिल विवेकशिल स्थानीय चुनावपछि एकीकरण भएको थियो ।


क्लिकमान्डु