काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ स्थानमा बाम,३ मा कांग्रेस अगाडि



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी निर्वाचन क्षेत्र काठमाडौंमा छ । काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ ।

मतगणना अनुसार काठमाडौंमा ७ वटा निर्वाचन क्षेत्रमा बाम गठबन्धन अगाडि छ । यस्तै ३ वटा निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि रहेको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । उनलाई विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र माओवादी केन्द्रका अनिल शर्माले पछ्याएका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपाल कांग्रेसका दीपक कुइँकेलले दोब्बर मतले अग्रता लिएका छन् । कुँइकेललाई विवेकशील साझाका सूर्यराज आचार्यले सँगसँगै पछ्याएका छन् ।

क्षेत्र नम्बर ३ मा एमालेका कृष्ण राई अगाडि छन् भने कांग्रेसकी अम्बिका बस्नेतले पछ्याइरहेकी छन् ।

क्षेत्र नम्बर ४ मा एमालेका राजन भट्टराईको सुरुवाती अग्रता छ । कांग्रेसका गगन थापा २ सय मतले पछि परेका छन् ।

क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल कांग्रेसका प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि छन् भने ६ मा माओवादी केन्द्रका झक्कु सुवेदी कांग्रेसका भीमसेनदाश प्रधानभन्दा अगाडि छन् ।

क्षेत्र नम्बर ७ मा एमालेका रामबीर मानान्धर, ८ मा कांग्रेसका नविन्द्रराज जोशी, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० कांग्रेसका राजन केसी अगाडि छन् ।


क्लिकमान्डु