कास्की जिल्लामा मतगणना शुरु



पोखरा । कास्की जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको मतगणना भर्खरै शुरु भएको छ ।

मतगणना गर्नका लागि सर्बदलीय बैठक सम्पन्न भएपछि कास्की क्षेत्र नम्बर १ को मतगणना शुरु भएको हो ।  कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय कार्यालयमा मतगणना शुरु भएको हो।

जिल्लाको तीन वटा निर्वाचन क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना हुनेछ । क्षेत्र नम्बर २ को सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र ३ नम्बर क्षेत्रको जिल्ला समन्वय समिति कार्यालयमा मतगणना हुनेछ ।

कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । २ लाख ५५ हजारमा मतदातामध्ये ७०.४९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु