यी ६ उद्योगी जसले मतदान पछि यसो भने…



काठमाडौं । बिभिन्न अड्कल बाजी विच निर्वाचन सम्पन्न हुन गइरहेको छ । सबै तह र तप्काका मनिसले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । यस मानेमा उद्योगी व्यवसायी अक्षुतो रहन सक्दैन ।

पछिल्लो समय नेपाली उद्योग व्यवसायका बिषयलाई लिएर आफ्नो नीतिगत हतमा सधै भनाई राखिने व्यवसायीहरुले मतदान गरेपछि के अपैक्षा राखेका छन् भन्ने बिषयमा हामीले जान्ने प्रयास गरेका छौं ।

उनीहरु सबैको अपेक्षा छ, अब राजनीतिक संक्रमण सकिएकाले विकासको बाटोमा देश प्रबेश गर्नेछ । हेरौ कसको के अपेक्षा राखेका छन् । ।

भवानी राणा: मतदानको लागि नेपालगंञ्जमा रहेकी राणाले संक्रमणकालको अन्त्य र आर्थिक विकासको ढोका खुल्छ भनेर आफु मतदानगर्न आएको बताइन् । अब राजनीतिक बिषयले धेरै महत्व पाउनु हुँदैन, अब आर्थिक विकास सबैको एजेण्डा हुन्छ भनेर सबै नागरिकले मतदानमा सहभागिता जनाएको मैले पाएको छु । त्यसैले विकासको लागि मैले मतदान गरेको छु ।

हरिभक्त शर्मा: नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अब नेपाल समृद्धिको बाटोमा जाने अपेक्षा राखेका छन् । सधै गरिब देशको नागरिक भएर बस्ने कुरा आएन । अब समृद्ध देशको नागरिक बन्नु पर्छ । त्यसको लागि मैले मतदान गरेँ । मलाई विश्वास छ, अब नेपाल समृद्धिको बाटोमा अगाडी जान्छ । साथै, निर्वाचन आयोग र सरकारले मतदानको लागि गरेको तयारी अत्यन्त राम्रो छ । त्यसको लागि सरकार र निर्वाचन आयोग दुबै धन्यवादका पात्र हुन् ।

पशुपति मुरारका: नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष मुरारकाले काठमाडौं क्षेत्र नम्बर १ को थापाथली बुथबाट मतदान गरेका छन् । मतदान संबैधानीक अधिकार भएकाले त्यसको प्रयोग गरेको उनले सुनाए । नागरिकका धेरै अपेक्षा छन् । अब औद्योगिक वातावरण निर्माण गर्दै आर्थिक विकासमा जानुको विकल्प छैन । त्यसैले सबैले आफ्नो अधिकारको प्रयोग गरेर सबल र सक्षम नेतृत्व चुन्दै छन् । यस पटकको निर्वाचन निकै व्यवस्थित थियो तर निर्वाचन आयोगले मतदाता शिक्षामा भोलिका दिनमा अझै मेहिनेत गर्नु पर्ने देखिन्छ ।

शेखर गोल्छाः लामो समयदेखि भन्दै आएको शंक्रमणकाल अब अन्त्य भएको छ । अब राजनीतिक बिषय भन्दा विकासका बिषयले प्राथमिकता पाउने छन् भन्ने बिस्वासले मतदान गरेको छु । आशा छ त्यस्तै हुन्छ । मतदान केन्द्रमा मतदान गर्न भेला भएका धेरैको आशा र अपेक्षा मैले त्यस्तै पाएको छु । आजको दिनले पनि आर्थिक समृद्धिको बाटो हेरेर बसे जस्तो लाग्छ ।

चन्द्रप्रसाद ढकाल: कमसेकम २ बर्ष अब स्थायी सरकार पाइन्छ । स्थायी सरकार निर्माणपछि आन्तरिक र बाह्य लगानी नेपाल आउने विस्वासले मतदानमा सहभागि भएको छु । सबैको चाहना अब विकासको बाटोमा जनु पर्छ भन्ने पाएकाले अब विकासको बाटोमा प्रबेश गर्ने कुरामा संका रहैदन कि । मतदान स्थलमा गरेको व्यवस्था अत्यन्त राम्र्रो थियो ।

सौरभ ज्योति: स-परिवार गएर मतदान गरियो । संघियतामा गैइसकेपछि जसरी शक्ती हस्तान्तरण भएको छ । अब देश विकासले गति लिने अपेक्षासहित मतदान गरेको छु । जसरी व्यवसायी बिच बस्तु उत्पादनमा प्रतिस्पर्धा हुन्छ त्यसरी नै प्रदेश प्रदेश बिचमा प्रतिस्पर्धा भएर विकासले गति लिने अपेक्षा छ । त्यसको लागि सबैभन्दा उत्तम मौका नै निर्वाचन हो । आशा गरौं अब अर्थिक विकासले गति लिने छ ।


क्लिकमान्डु