चुनाबको दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)




काठमाडौं । २०७२ सालमा नेपालको संबिधान जारी भएपछि पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आज (बिहिबार) सकिँदैछ । पहिलो चरणमा हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा मंसिर १० गते नै निर्वाचन भइसकेको छ ।

पहिलो चरणको निर्वाचन भएपनि मतगणना भएको छैन । यसकारण अब नेपाल कुन पार्टीले संचालन गर्ने कस्तो प्रकारको शासन ब्यवस्था अंगाल्दैछ भन्ने कुरा आज सम्पन्न हुने निर्वाचनपछिको मत परिणामले देखाउँनेछ ।

यो निर्वाचनमा केही आर्तकारी गतिविधि भएपनि आम सर्बसाधारणले बढ्यो महत्व र उल्लासका साथ भाग लिएका छन् । पहिलो चरणमा भएको अतिविकट क्षेत्रमा पनि ६५ प्रतिशत मत खस्नुले जनको उत्साह अति नै रहेको पुष्टी गर्छ ।

आज राजधानी काठमाडौं लगायतका ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि उत्साहजनक जनसहभागिता रहेको विवरणहरु प्राप्त भइरहेका छन् । यसै क्रममा काठमाडौं उपत्यका विहान यस्तो देखिएको थियो, जुन हामीले तपाइलाई फोटोमा देखाउने प्रयास गरेका छौं ।


क्लिकमान्डु