नविल बैंकबाट सीइओ सशिन जोशी बाहिरिए, सञ्चालकको रुपमा उपेन्द्र पौडेल भित्रिए



काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृतको पदबाट सशिन जोशीले दिएको राजिनामा स्वीकृत भएको छ । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले जोशीको राजिनामा स्वीकृत गरेको हो ।

केही सयम अघि जोशीले बैंक सञ्चालक समिति समक्ष राजिनामा दिएका दिए । आगामी फागुन ५ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिले उनको राजिनामा स्वीकृत गरेको हो ।

बैंकरहरुको राजा मानिने जोशीसँग बैंकको वित्तीय विवरण अपेक्षाअनुरुप नआएको भन्दै केही सञ्चालकहरुले असन्तुष्टि जनाँदै आएका थिए । कन्जरभेटिब बैंकरकोरुपमा परिचित जोशीले लगानीकर्तालाई बढीभन्दा बढी प्रतिफल दिन जथाभावी लगानी गर्न तयार नभई राजिनामा दिएको बैंकसम्बद्ध अधिकारीहरुको भनाइ छ ।

४ वर्षे कार्यकालका लागि नियुक्त भएका जोशी २ वर्षे कार्यकाल पूरा नहुँदै राजिनामा दिएका हुन् ।

उपेन्द्र पौडेल सञ्चालक नियुक्त

त्यसैगरी, बैंकर उपेन्द्र पौडेल नविल बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गराउँदै नियुक्त गरेको हो ।

बिनोद चौधरी मूख्य लगानीकर्ता रहेको एनबी इन्टरनेशनलको नबिल बैंकमा ५० प्रतिशत सेयर स्वामित्व छ ।

पौडेल यसअघि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । । गत मंसिरमा पौडेलले एनएमबि बैंक छाडेका थिए । तत्कालीन ग्रिनलेज अर्थात् स्ट्यान्डर्ड चार्टडबाट बैंकिङ करियर गरेका पौडेलसँग ३० वर्षे बैंकिङ अनुभव छ ।

बैंकरको रुपमा यस क्षेत्रमा प्राप्त अनुभव लगानीकर्ताकोरुपमा नेपालकै ठूलो बैंकमा सञ्चालक बनेर काम गर्ने अवसर पाएको पौडेलले खुसी व्यक्त गरे ।


पुष्प दुलाल