११ अंकले घट्यो नेप्से, ५४ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १०.९ अंकले घटेको छ । सोमबार नेप्से १०.९ अंकले घटेर १५२६.७७ अंकमा अडेको छ ।

आज १ सय ५७ कम्पनीका १० लाख १६ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५४ करोड २३ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

होटल समूह १८.९३ र उत्पादन मूलक समूह ५.३५ अंकले बढेका छन् ।

बैकिङ समूह ८.२३, ट्रेडिङ समूह १.४४, विकास बैंक समूह १४.७२, जलविद्युत समूह १.१, वित्तिय समूह ३.४८, बीमा समूह १०४.५९, अन्य समूह ७.२३ र माइक्रोफाइनान्स २०.०६ अंकले घटेका छन् ।

हिमालयन पावर पार्टनका सेयर धनीले ६.४७ प्रतिशतले कमाएका छन् ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)का सेयर धनीले ५.२७ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल