विमानस्थलको बार्षिक आम्दानी १४ हजार !



काठमाडौं । कुनै विमानस्थलको आम्दानी १४ हजार रुपैयाँ छ, भन्दा सवैलाई आश्चर्य लाग्छ । नेपालमा ५६ वटा विमानस्थल रहेकोमा ३२ विमानस्थलमात्रै संचालनमा छन् । आधा दर्जन विमानस्थलले वर्षभरीको आम्दानी १ लाख कटाउन सकेका छैनन् ।

सवैभन्दा थोरै आम्दानी गर्ने विमानस्थल भने खोटाङको थामखर्क विमानस्थल रहेको छ । जसले गत आर्थिक १४ हजार ३ सय ४६ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तैगरी थोरै आम्दानी गर्नेमा मेघौली विमानस्थल रहेको छ । मेघौली विमानस्थलले २१ हजार ९ सय ७७ रुपैयाँ आम्दानी रहेका छन । सवैभन्दा थोरै आम्दानीमा तेस्रोमा खाँनीडाडाँ विमानस्थल रहेको छ । उक्त विमानस्थलले ४७ हजार ९ सय ३ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तैगरी चौथो विमानस्थलमा लामिडाँडा विमानस्थल रहेको छ । लामिडाँडा विमानस्थलले ८६ हजार ९१ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तैगरी रुकुमको चौरजहारी विमानस्थलको आम्दानी १ लाख ११ हजार १ सय ६ रुपैयाँ रहेको छ । देशभरका विमानस्थलको आम्दानीको सवैभन्दा ठूलो हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रहेको छ ।

देशभरका ३२ विमानस्थलबाट ७ अर्ब ४० करोड ४७ लाख ८ हजार २ सय ९२ रुपैयाँ आम्दानी गरेको छ । जसमा त्रिभुवन विमानस्थलले मात्रै ६ अर्ब ६२ करोड ७७ लाख ४ हजार ४ सय ३० रुपैयाँ रहेको छ । आम्दानीमा त्रिभुवन विमानस्थलको हिस्सा ९३ प्रतिशत रहेको छ । ३२ विमानस्थलमा नाफामा आधा दर्जन मात्रै विमानस्थल रहेका छन् ।

बाँकी सवै विमानस्थलको खर्च केन्द्रबाट पठाउने गरिएको छ । एउटा विमानस्थल निर्माणगरेपश्चात थोरै पनि खर्च ५० लाख भन्दा बढी हुने भएकोले पनि अधिकांस विमानस्थल घाटामा रहेका छन् । आम्दानीमा एक करोड कटाउने विमानस्थल एक दर्जन विमानस्थल मात्रै रहेका छन् ।

त्रिभुवन विमानस्थलपछि धेरै आम्दानी गर्ने विमानस्थल पोखरा विमानस्थल रहेको छ । उक्त विमानस्थलले गत आर्थिक वर्षमा ६ करोड ३९ लाख १९ हजार ५ सय ७ रुपैपाँ गरेको छ । त्यस्तै तेस्रो आम्दानी गर्नेमा विराटनगर विमानस्थल रहेको छ । विराटनगर विमानस्थलले ५ करोड ६४ लाख ७७ हजार ७ सय ९७ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै चौथो आम्दानी गर्नेमा नेपालगन्ज विमानस्थल रहेको छ । नेपालगन्ज विमानस्थलले गत आर्थिक वर्षमा ४ करोड ५६ लाख ९६ हजार २ सय ३९ रुपैयाँ आम्दानी गरेको छ । पाँचौ धेरै आम्दानी गर्ने विमानस्थलमा भैरहवाको गौतम बुद्ध विमास्थल रहेको छ । विमानस्थलले ३ करोड ७३ लाख ५१ हजार ७ सय ६ रुपैयाँ आम्दानी रहेको छ ।

एक लाख भन्दा कम आम्दानी गर्ने ४ विमानस्थल

विमानस्थल आम्दानी
थामखर्क विमानस्थल १४,३४६.६३
मेघौली विमानस्थल २१,९७७.१२
खाँनीडाडाँ विमानस्थल ४७,९०३.५०
लामिडाँडा विमानस्थल ८६,०९१.५९


क्लिकमान्डु