पारित भयो स्वावलम्बनको साढे ३१% लाभांस, चुक्ता पुँजी ५० करोड



काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको सञ्चालक समितिले प्रस्ताब वरेको ३१.५७ प्रतिशत लाभांश पारित भएको छ ।

कम्पनीको १६औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस र ११.५७ प्रतिशत नगद वितरण गर्ने सञ्चालक समितिको प्रस्ताब पारित गरेको हो ।

हाल बैंकको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साधारण सभाले जारी तथा चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ ।

सभाले आर्थिक वर्ष २०७३/७४ को वासलात, नाफा-नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा २६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंकको कर्जा रकम ८ अर्व २५ करोड रुपैयाँ पुगेको छ । बैंकको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ४ अर्व ७० करोड रुपैयाँ रहेको छ ।


पुष्प दुलाल