राजधानीकै मुटु जमलमा एकाबिहानै बम राखेको हल्ला चलेपछि…



काठमाडौं । देशव्यापी बम आतंकको श्रृखला चलीरहेको बेला आज एकाविहानै विश्वज्योति चलचित्र भवन अगाडि बम राखेको हल्ला चलेपछि जनजीवन तस्त्र भएको छ ।

सुरक्षा निकायलाई सो स्थानमा बम राखेको भन्ने प्रत्यक्षदर्शीले जानकारी दिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली परिचालित भएको छ ।

प्रत्यक्षदर्शीले सेनाको बम डिस्पोजल टोली परिचालित भएको जानकारी दिएका छन् । बम राखेको हल्ला चलेपछि ट्राफिक प्रहरीले वैकल्पिक मार्गबाट सवारी पठाएको छ । बम हो वा होइन एकिन भएपछि मात्रै विश्वज्योति हल अगाडिको सडकबाट सवारी चल्न दिने प्रहरीको भनाइ छ ।

देशव्यापी रुपमा बम आतंक बढ्दै गएपनि हालसम्म कुनै पनि शक्तिले त्यसको जिम्मा लिएको छैन । नेत्रविक्रम चन्दको नेकपाका कार्यकर्ताले बम राखेको र बम विस्फोट गराएको प्रहरीको अनुमान छ ।

देशव्यापी रुपमा बम विस्फोटको घटना भएको, दाङमा म्यादी प्रहरीको समेत मृत्यु भएको छ ।

उदयपुरमा नेपाली काँग्रेसका उम्मेदवार नै बम विस्फोटमा परी घाइते भएका छन् । उनको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार मात्रै घाइतेलाई भेटी उपचारको उचित प्रबन्ध गर्न अस्पताललाई निर्देशन दिएका थिए ।


क्लिकमान्डु