कारोबार घट्दा नेप्से स्थिर



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । दिनभरको उतारचढावको बिच नेप्से ०.१९ अंकले बढेको हो । बिहीबार नेप्से १५३६.३१ अंकमा अडेको छ ।

आज १ सय ६४ कम्पनीका १३ लाख १८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । बुधबार १ अर्बभन्दा धेरैको माथि कारोबार भएकोमा आज ७२ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

होटल समूह २५.२३, जलविद्युत समूह ११.०३, बीमा समूह ८.९६, अन्य समूह ०.८७ अंकले बढेका छन् ।

बैंकिङ समूह ०.२७, विकास बैंक समूह ८.८१, वित्तिय समूह ३.९७, उत्पादन मूलक समूह ७.८६ र माइक्रोफाइनान्स समूह ०.४५ अंकले घटेका छन् ।

यूनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाएका छन् ।
जानकी फाइनान्स ४.८५, अपी पावर कम्पनी ४.५० र सिर्जना फाइनान्स (वित्तिय संस्थान) ४.३७ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल