बैंकहरुले जोखिमलाई ७ प्रकारमा वर्गिकरण गर्नुपर्ने, के के हुन् ती ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले जोखिमलाई ७ प्रकारमा विभाजन गरी सोही अनुसार जोखिम न्यूनिकरणको उपाय अपनाउनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई निर्देशन दिँदै जोखिम बर्गीकरण गरेर साबधानीको उपाय लागू गर्न भनेको हो ।

राष्ट्र बैंकले कर्जा जोखिम, संचालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनियम जोखिम र अन्य जोखिम भनी जोखिमको बर्गीकरण गर्न भनेको छ ।

कर्जा जोखिम ब्यवस्थापनको लागि राष्ट्र बैंकले ११ वटा साबधानीका टिप्स दिएको छ । जसमा कर्जा सापटको बर्गीकरण र कर्जा नोक्सानी सम्बन्धी पहिलाको ब्यवस्था र एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट र सुबधिाको सीमा निर्धारण सम्बन्धी ब्यवस्थालाई जोखिम न्यूनिकरणको आधारको रुपमा लिनु पर्ने भनिएको छ । यस्तै लगानी सम्बन्धि ब्यवस्थालाई पनि आधार मान्न निर्देशन दिइएको छ ।

कर्जा जोखिम पहिचान, मापन, अनुगमन र नियन्त्रण गर्न सक्षम हुने गरी संस्थाले उपयुक्त कार्यविधि अबलम्बन गर्नुपर्ने, कर्जा सम्बन्धी समग्र अख्तियारी संरचना स्वीकृत गर्ने जिम्मेवारी सम्बन्धित संस्थाको संचालक समितिको हुने पनि राष्ट्र बैंकको भनाइ छ ।

संस्थाको आकार तथा कारोबारको विशिष्टताको आधारमा उच्च ब्यवस्थापनलाई यस्तो अधिकार प्रत्यायोजन गर्न स्पष्ट राष्ट्र बैंकले भनेको छ ।


क्लिकमाण्डू