१२ अंकले नेप्से बढ्यो, १ अर्बको कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.२६ अंकले बढेको छ । नेप्से ०.८० प्रतिशतले बढ्दा १५३६.१२ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ६३ कम्पनीका २० लाख ४५ हजार ४ सय ८६ कित्ता सेयर खरिद बिक्री भएको छ । १ अर्ब ४ करोड ६६ लाख ६१ हजार १५ रुपैयाँको कारोबार भएको छ ।

उत्पादनमूलक समूह बाहेक बीमा समूह १००.२४, होटल समूह ५१.३९, जलविद्युत समूह ९.६१, बैंकिङ समूह ८.५९, माइक्रोफाइनान्स समूह ४१.६२, विकाश बैंक समूह २३.२२, वित्तीय समूह ५.६४, ट्रेडिङ समूह भने २.८८ र अन्य समूह ३.१८ अंकले बढेका छन् ।

उत्पादनमूलक समूह ३२.१२ अंकले घटेको हो ।

नागबेली लगुविक्तीय विकास बैंकका लगानीकर्ताले ८.८८ प्रतिशतले कमाइ गरेका छन् ।

हिमालयन डिस्टिलेरीका लगानीकर्ताले ९.९४ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल