काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो



काठमाडौं । काठमाडौं बाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

लु २ ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा ३५ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।

दुर्घटनास्थलमा नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यको नेर्तृत्वमा उद्धार टोलि खटिएको छ । प्रहरीले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिएको छ । दुर्घटनालगत्तै अहिले सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।


क्लिकमान्डु