मेगाले बोलायो पुस ४ गते विशेष साधारणसभा, के होला मर्जर ?



काठमाडौं । मेगा बैंकले पुस ४ गते पुनः विशेष साधारणसभा बोलाएको छ । मेगा बैंकले आज सूचना जारी गरेर पुस ४ मा साधारणसभा बोलाएको हो ।

मेगा बैंकको मंसिर ४ मा भएको विशेष साधारणसभा कोर नपुगेको भन्दै स्थगित भएको थियो । मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

सो दिन बसेको टुरिजमको विशेष साधारणसभाले मेगासँग मर्जरमा जाने निर्णय पारित गरेको थियो ।

मेगा बैंकको पुस ४ मा हुने साधारणसभामा भने प्रमुख कार्यकारी अधिकृत अनिल शाह भने सहभागी हुने छैनन् । उनी पुस १५ देखि सेन्चुरी बैंकमा जान लागेका छन् ।
मेगा बैंकको साधारणसभाले मर्जरको प्रस्ताव पारित गर्न नसकेमा राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन असफल हुने छ ।


क्लिकमान्डु