राहुघाट जलबिद्युत् आयोजना: सकिने बेलामा बल्ल ठेक्का, कहिले आउछ स्वीकृति ?



काठमाडौं । निर्माण सम्पन्न हुने समयमा समेत आयोजानको ठेकेदार छनौटमा नै सिमित भएको आयोजना कुन हो भनेर हाजिरीजवाफमा नै प्रश्न सोध्ने हो भे सहजै उत्तर आउन सक्छ, नेपाल विद्युत् प्राधिकरणको राहुघाट ।

लामो समयदेखि विवाद मुद्दामा फस्दै आएको आयोजनालाई प्राधिकरणले नयाँ स्वरुपमा अगाडि बढाउने लक्ष्यका साथ नयाँ ठेकेदार छनौट गरेको छ ।

भारतीय कम्पनी आइभीआरसिएलले काम पनि नगर्ने आयोजना पनि नछाड्ने गरेपछि प्राधिकरणले दुई वर्ष पहिले ठेक्का रद्द ग¥यो । निर्माणमा जान नै ठेकेदार तयार नभएपछि प्राधिकरणले ठेक्का रद्द गरेर नयाँ प्रक्रिया सुरु ग¥यो ।

कुल ३२ मेगावाट क्षमताको आयोजनालाई ४० मेगावाट बनाएर प्राधिकरणले कम्पनी स्थापना गरेको छ ।

कुल ९ अर्ब लागत अनुमान गरिएको आयोजनामा भारतीय आयात निर्यात बैंकको ८० प्रतिशत र २० प्रतिशत प्राधिकरणको लगानी रहेको छ ।

सोही आयोजनाको भौतिक निर्माण अगाडि बढाउन प्राधिकरणले भारतीय कम्पनी जेपी एसोसिएट्सलाई ठेक्का दिएको छ । आयोजनाको सिभिल निर्माणको ठेक्का उक्त ठेकेदारलाई दिएको हो ।

प्राधिकरणले इपिसी मोडलमा आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल कामको जिम्मा उक्त कम्पनीलाई दिएको जनाएको छ ।

ठेक्का सम्झौता स्वीकृतिका लागि भारतीय आयत निर्यात बैंकमा स्वीकृतिका लागि पठाइने जनाएको छ ।

कुल ९ अर्ब लागत अनुमान गरिएको आयोजनामा भारतीय आयात निर्यात बैंकको ८० प्रतिशत र २० प्रतिशत प्राधिकरणको लगानी रहेको छ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कुल १४ प्रतिशत निर्माण सकिएको आयोजना ७ वर्षमा पनि पूरा नभएपछि प्राधिकरणले अघिल्लो ठेकेदार आइभीआरसीएलसँग सम्झौता रद्द गरेको थियो । आयोजना म्याग्दी जिल्लामा अवस्थित छ ।


क्लिकमान्डु