१३ अंकले बढ्यो नेप्से, ६८ करोडको कारोबार
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.०३ अंकले बढेको छ । नेप्से ०.८८ प्रतिशतले बढ्दा १४९३.२९ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज १ सय ६५ कम्पनीका १३ लाख ९१ हजार ८ सय ५३ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ६८ करोड ५७ लाख २८ हजार ३ सय ५५ रुपैयाँको कारोबार भएको छ ।
ट्रेडिङ समूह ३.३७ अंकले घटेको छ ।
बीमा समूह २६.३१, होटल समूह २२.६५, जलविद्युत समूह ४६.०३, बैंकिङ समूह १०.०७, माइक्रोफाइनान्स समूह २४.३९, विकाश बैंक समूह २२.२, वित्तिय समूह ९.५५, उत्पादनमूलक समूह १५.५७ र अन्य समूह ४.९१ अंकले बढेका छन् ।
साइनरजी पावर डेभलपमेन्टका लगानीकर्ताले ८.६७ प्रतिशतले कमाइ गरेका छन् ।
हिमालयन जेनेरल इनसुरेनसका लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन् ।