८ अंकले बढ्यो नेप्से, ३४ करोडको कारोबार
काठमाडौं । साताको चौंथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.०२ अंकले बढेको छ । नेप्से ०.५४ प्रतिशतले बढ्दा १४८०.२६ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज १ सय ५९ कम्पनीका ९ लाख ३१ हजार ५ सय ३२ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ३४ करोड ८२ लाख ८३ हजार ३ सय ५२ रुपैयाँको कारोबार भएको छ ।
वित्तिय र अन्य समूह बाहेक बीमा समूह ५५.७२, होटल समूह ३५.५६, जलविद्युत समूह २०.५१, बैंकिङ समूह ७.६३, माइक्रोफाइनान्स समूह ६.६ र विकाश बैंक समूह ६.७८ अंकले बढेका छन् ।
वित्तिय समूह ०.१६ र अन्य समूह ०.८६ अंकले घटेका छन् । ट्रेडिङ समूहले भने आज कुनै कारोबार गरेको छैन् ।
ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाइ गरेका छन् ।
सिर्जना फाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले ५.४९ प्रतिशतले गुमाएका छन् ।