प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा जनबादी खुसीराम पाख्रिनलाई हृदयघात !



चितवन । चितवनस्थित बाम गठबन्धनको चुनाबी सभामा तथा स्वर्गीय प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउँदा गाउँदै जनगायक खुसीराम पाख्रिनलाई हृदयघात भएको छ ।

पूर्वसांसद समेत रहेका पाख्रिन गित गाउँदा गाउँदै ढलेपछि उपचारका लागि उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको छ।

अस्पतालले उनको स्वास्थ्यस्थिति बारे जानकारी नगराए पनि अस्पतालमा भएका माओवादी नेताहरुका अुनसार उनको मृत्यु भइसकेको छ ।

पहिलो संविधानसभामा पाख्रिन माओवादीका तर्फबाट सभासद भएका थिए । उनले दर्जनौ गितहरु गाएका छन् । जनयुद्धमा गित गाउँदै हिँडेका पाख्रिन चुनाबी सभामा गित गाउँदा गाउँदै ढलेका हुन् ।


पुष्प दुलाल