पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई बम हान्ने पक्राउ



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नुवाकोट १ का प्रत्यक्षतर्फका कांग्रेसका उम्मेद्वार डा. रामशरण महतलाई बम हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चुनाब प्रचारका क्रममा रहेका डा. महत र उनको टोलीलाई लक्षित गर्दै ककनी नजिकैको काउथेमा प्रेसर कुकर बम प्रहार गरिएको थियो ।

महतलाई बम हानेको अभियोगमा नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला सदस्य २८ वर्षका धिताललाई आइतबार घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धितालमाथि जिल्ला प्रशासन कार्यालयमा ‘सार्वजनिक अपराध ऐन’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


पुष्प दुलाल