संख्या नपुग्दा मेगाको साधारणसभा सुरु भएन



काठमाडौं । मेगा बैंकले आज टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभा बोलाएको छ ।

मेगा बैंकको विशेष साधारणसभा आर्मी अफिसर क्लब बोलाइएको भएपनि अहिलेसम्म साधारणसभा सुरु भएको छैन ।

साधारणसभाको लागि चाहिने गणपुरक संख्या अहिलेसम्म पुगेको छैन ।

एजिएममा सहभागी एक सेयरधनीले दिएको जानकारी अनुसार गणपुरक नपुगेको हुँदा एजिएम अहिलेसम्म सुरु नभएको हो ।

मेगा बैंकमा केही सेयरधनी टुरिजमसँग मर्जरमा जाने प्रस्तावको विरोधमा छन् । एजिएमले टुरिजमसँग मर्जरमा जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने छ ।


क्लिकमान्डु