अभागी बाबु प्रचण्ड, जसले आफ्नै छोरालाई दागवती दिनुपर्यो



काठमाडौं । पशुपति आर्यघाटमा आइतबार साँझ एउटा अनौठो दृश्य देखियो । त्यो हो बाबुले छोरालाई दागवती दिएको ।

आइतबार बिहान हृदयघातका कारण मृत्यु भएका प्रकाश दाहाललाई उनका पिता प्रचण्डले दागवती दिए । प्रकाशका दुबै छोरा नावालक भएकाले प्रचण्डले नै छोराको चित्तामा आगो सल्काउनु परेको हो ।

हिन्दु परम्पराअनुसार बाबुआमाको चित्तामा छोराले दागवती दिनुपर्छ । तर, प्रचण्ड यस्ता अभागी बाबु भए जसले आफ्नै छोराको चित्तामा दागवती दिनु पर्यो ।

प्रकाशकी जेठी पत्नी सिर्जनाको कोखबाट जन्मिएका प्रसिद्ध ८ वर्षका मात्रै छन् भने कान्छी पत्नी बीनाको कोखबाट जन्मेका प्रणब ४ वर्षका मात्रै छन् ।

किनभने प्रकाशका छोराहरू नावालक भएकाले ब्रतबन्ध पनि गरिएको थिएन । ब्रतबन्ध नगरिएका छोराले दागवती दिन नपाउने हिन्दू संस्कार छ ।

आकस्मिक हृदयघातका कारण आइतबार बिहानै प्रकाशको मृत्यु भएको थियो ।


पुष्प दुलाल