अज्ञात समूहको आक्रमणबाट एमाले समर्थीत पत्रकार घाइते



धनगढी । नेपाल पत्रकार महासंघ कैलालीका सदस्य लक्ष्मी जैशी गए राति अज्ञात समूहको आक्रमणबाट घाइते भएका छन् ।

कैलालीको बौनियाँस्थित आफ्नै निवासमा गएको एक समूहले जैशीमाथि सांघातिक आक्रमण गरेको प्रेस चौतारी नेपाल कैलाली शाखाले जनाएको छ । आक्रमणबाट उनको टाउको र निधारमा चोट पुगेको छ ।

चौतारी कैलालीले पत्रकार जैशीमाथि भएको आक्रमणको विरोध गर्दै आक्रमणकारीको खोजी गरी कारबाही गर्न माग गरेको छ । रासस


पुष्प दुलाल