एनबिआईले साइबर सुरक्षा र सिस्टम ह्याकिङ सम्बन्धी सम्मेलन गर्ने



काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले साईबर सुरक्षा र सिस्टम याकिङ सम्बन्धी सम्मेलन आयोजना गर्ने भएको छ ।

मंसिर १४ गते आयोजना हुने सम्मेलन बैंक तथा वित्त क्षेत्रका सुचना प्रविधिका प्रमुखहरु र व्यवस्थापकहरु लाई अत्यन्त उपयोगी हुने एनबिआईले जनाएको छ ।

कार्यक्रममा वित्तीय क्षेत्र सुचना सुरक्षा र अनुसन्धानमा अनुभव हासिल गरेका अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त विज्ञहरु द्धारा कार्यपत्र प्रस्तुत हुने छ ।

विज्ञहरुमा बंगलादेशमा दुई विज्ञहरुमा बंलादेशका विज्ञ देवनाथ तथा देव दुलाल रोय आउने छन् ।

उनीहरु बंगलादेशको भएको सन् २०१६को ह्याकिङ सम्बन्धी घटनाको अनुसन्धानकर्ता थिए ।

यस्तै सिटी ग्रुपका का बरिष्ठ सह अध्यक्षएवं प्रमुख अनुसन्धानकर्ता एवं प्रबन्धक संदिप मेहरा पनि सम्मेलनमा भाग लिने आउने छन् ।

कन्फरेन्सबाट सूचनाप्रविधि र सुरक्षा सम्बन्धि सान्दर्भिक सामाग्री, अपराधका किसिम र प्रक्रियाहरु, र सुरक्षाप्रबिधिलाई समय सापेक्ष र दुरुस्त बनाउने विभिन्नउपायहरू सिक्ने अत्यन्त सान्दर्भिक ज्ञान प्राप्त हुनेछ ।


क्लिकमान्डु