प्रकाश दाहालकी जेठी पत्नी सिर्जना त्रिपाठी अस्पताल भर्ना



तस्बीरः दिल निसानी मगरबाट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान निधन भएको छ । श्रीमान हेर्न नर्भिक अप्सताल पुगेकी दाहालकी जेठी पत्नी सिर्जना त्रिपाठी बेहोस भएकी छन् ।

श्रीमानको मृत्य भएपछि त्रिपाठी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । इमर्जेन्सीमा राखेर डाक्टरहरुले उनलाई स्लाइन दिइरहेका छन् । त्रिपाठीलाई हेर्न जाने माओवादी कार्यकर्ताहरुका अनुसार उनी बोल्न सक्ने अवस्थामा छैनन् ।

शनिबार राती सकुशल सुतेका दाहाल बिहान सिकिस्त अवस्थामा फेला परेपछि उनलाई बिहान ५ बजे अस्पताल भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार दाहालको मृत्यु सुतेकै ठाउँमा भएको अनुमान छ ।


पुष्प दुलाल