एभरेष्ट लिंकले सगरमाथामा सुरु गर्यो ‘हेल्लो डाक्टर’



सोलुखुम्बु । सगरमाथा आधार शिविरमा जाने नेपाली तथा विदेशी पर्यटक लागि लक्षित गर्दै एभरेष्ट लिंक प्रालिले हेल्लो डाक्टर सेवाको सुरुवात गरेको छ । प्रालिले आतरबारदेखि हेल्लो डाक्टर सेवा प्रारम्भ गरेको हो ।

सगरमाथा क्षेत्रमा आउन सक्ने आकस्मिक स्वास्थ्य समस्याबारे विदेशी तथा स्वदेशी पर्यटक र स्थानीयलाई डाक्टरसँग निशूल्क परार्मश सेवा दिनका लागि हेल्लो डाक्टर सेवा सुरुवात गरिएको प्रालिका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाले बताए ।

सेवाको औपचारिक उद्घाटन आइतबार भएपनि सेवा ग्राहीले पनि बुधबारबाट सेवा लिन पाउने प्रालिका मिडिया संयोजक चक्र कार्कीले जानकारी दिए ।

कुनै पनि विदेशी तथा स्वदेशी नागरिकले पदयात्राको क्रममा आफुलाई केही अप्ठयारोका परेको अवस्थाका र शारिरिक अस्वस्थता भएको अवस्थामा एभरेष्ट लिंकको बा्रउजरमा गइ निशूल्क सेवा लिन पाउने उनले बताए ।

सेवको उद्घाटन सन् १९५३ को सगरमाथा आरोहण दलमा एक मात्रै जिवित सदस्य कान्छा शेर्पाले गरेका हुन् ।

सगरमाथा क्षेत्र सबै पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको एभरेष्ट लिंकका प्राविधिक निर्देशक चेहेन लामाले बताए । अहिले प्रालिले नेपाल टेलिकम र एनसेलको इन्टर नेट र फोन सेवा नभएको उच्च हिमाली ।

दुर्गम भेगमा इन्टर सेवा दिँर्दै हिमाल आरोहणमा आउनलाई पनि परिवार सँग सम्पर्क गराइ रहेको छ । अहिले विश्वका जुन सुकै देशबाट आएका पर्यटकले पनि आफु सुरक्षित रहेको सन्देश फेसबु क तथा भाइबर बाट दिइरहेका छन् ।

अब यो सेवाबाट सगरमाथा क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटक, स्थानीय बासिन्दा, गाइड या भरियाहरुले कुनै पनि प्रकारको स्वास्थ्य समस्याबारे डाक्टरहरुसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन् ।

निर्देशक लामाका अनुसार एभरेष्ट लिंकको सेवा नलिएका पर्यटक र स्थानीयले पनि यो सेवा उपयोग गर्न सक्नेछन् । त्यसका लागि एभरेष्ट लिंकको पेजमा गइसकेपछि आकस्मिक सेवाका लागि राखिएको कल नामक बटम क्लिक गरी सेवा लिन सक्नेछन् । उक्त कल यस लिंकमा जोडिएका डाक्टरहरुको मोवाइलमा पुग्नेछ ।

यसरी डाक्टरसँग सम्पर्क भइसकेपछि अस्वस्थ अवस्थामा रहेको बिरामीले स्वास्थ परामर्श लिन सक्नेछन् । यसरी सम्पर्क स्थापित हुनका लागि भने डाक्टर इन्टरनेटको सम्पर्कमा हुनु पर्नेछ । प्रविधिको माध्यमबाट पर्यटकलाई सेवा दिने उद्देश्यले हेलो डाक्टर सेवा प्रारम्भ गरिएको उनले बताए ।

विश्वमा पदयात्रा । पर्वतारोहण गर्ने पर्यटकको संख्या बढ्दो छ । नेपालमा पनि पछिल्लो सयम सगरमाथा आरोहण गर्नेको संख्या वर्षेनी बढ्दो छ । बढ्दो पर्यटक लागि नेपालको पदयात्रा सुरक्षित भएको सन्देश विश्वभर फैलाउने लक्ष्यका साथ हेल्लो डाक्टर सेवाको सुरुवात पहिलो पटक नेपालमा भएको छ ।

इन्टर नेट प्रयोगका लागि कार्ड प्रयोग गर्न परेपनि हेल्लो डाक्टर सेवाका लागि कुनै रकम लाग्ने छैन ।

पहिलो चरणमा ५ जना डाक्टरलाई सहभागि गराइएको र क्रमशः बिस्तार गर्दै लगिने प्रालिको भनाई छ । सञ्जाल बिस्तार गर्दै लैजानु पर्ने ग्रिनसीटी हस्पिटलका मेडिकल डाइरेक्टर डा. रोमियो कंसकारले जानकारी दिए ।

आकस्मिक अवस्थामा यो सेवा प्रभावकारी हुने उनको भनाई छ । खुन्दे हस्पिटलका डाक्टर कामी तेम्बा शेर्पाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न तयार उनले बताए ।


पुष्प दुलाल