९० वर्षको उमेरमा पूर्वप्रधानमन्त्री किर्तिनिधि बिष्टको निधन



काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगका बिरामी बिष्टको शनिबार बिहान साढे १० बजे ज्ञानेश्वरस्थित निवासमा मृत्यु भएको हो ।

पञ्चायतकालमा ३ पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्को उपाध्यक्ष भएका बिष्टको ९० वर्षको उमेरमा आज निधन भएको हो ।


पुष्प दुलाल