तिहारपछि नेप्से परिसूचक बढ्यो अब के हुन्छ ?



तिहारको बिदापछि खुलेको सेयर बजार बढेको छ । नेप्से परिसूचक ३.५७ अंकले बढेर १५७१ बिन्दुमा आएको छ ।

बिदापछि खुलेको पहिलो दिन सेयर बजारमा ३६ करोड रुपैयाँको कारोबार भएको छ । १४६ कम्पनीको सेयर किनबेच भएको छ ।

बीमा व्यापार र होटल समुहको परिसूचक ओरालो लागेको छ भने अरु समुहको परिसूचक उकालो लागेको छ ।

दशैं लगत्तैं वाम एकताको कारण घटेको सेयर बजार तिहार बिदा सुरु हुनु अगाडि बढेको थियो ।

प्रतिनिधि सभा र प्रदेशसभामा पहिलो चरणको निर्वाचनको मनोनयन भएकोले निर्वाचन तर्फ देश अगाडि बढेको हुँदा सेयर बजार बढ्ने अनुमान विश्लेषकको छ ।
सूचिकृत कम्पनीको लाभांशपनि आकर्षक नै छ ।

तर,सेयर बजारलाई सर्पोट गर्ने बैंक ब्याजदरमा भने अझै सुधार भएको छैन ।


क्लिकमान्डु