एकबिहानै केटी काण्डले काठमाडौंमा गोली चल्यो, एक घाइते



काठमाडौ । काठमाडौंको म्हैपीमा आज बिहानै ४ बजे गोली चलेको छ । गोली लागि कल्याण गुरुङ नामक एक युवा घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागि गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् ।

खुट्टामा गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको र अहिले उनको अवस्था सामान्य रहेको काठमाडौं महानगरीय प्रहरी प्रभागका एसबि नगेन्द्र उप्रेतीले जानकारी दिए ।

‘केटी काण्डमा गोली चलेको देखिएको छ,’ उप्रेतीले क्लिकमाण्डूसँग भने, ‘सुरुमा केटी केटीबीच ग्याङ फाइट परेको र पछि केटा बोलाइएको र गोली चलेको देखिन्छ ।’

यद्यपि अहिलेसम्म कसले गोली चलायो भन्ने पत्ता नलागिसकेको उनले बताए । प्रहरीले शंकास्पद एक महिलासहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

‘हामीले अनुसन्धान गरिरहेका छौं, अपराधी समात्न लामो समय नलाग्ला,’ उनले भने ।


पुष्प दुलाल