यसकारण गरिन्छ गाईको पूजा



काठमाडौं । आज नेपालीको महत्वपूर्ण चाड लक्ष्मी पूजा अर्थात अर्को शब्दमा गाई पूजा पनि हो । हिन्दु वा बौद्धहरुले लागि गाई पवित्र एवंं पूजनीय जनावर हुन् ।

हिन्दु तथा बौद्ध ग्रन्थहरुले गाईलाई माता सरह मानेको छ । गाईलाई संसारका प्राणीका आमाको रुपमा पनि लिने गरिन्छ । गाईलाई माताको रुपमा पनि लिने गरिन्छ ।

जनावरहरुमा गौमाताको सर्वश्रेष्ठ गुण भएकाले गाईलाई नेपालमा राष्ट्रिय जनावरको रुपमा घोषित गरिएको हो । हरेक साल नेपालीको चाड तिहारमा गाईको पूजा गरिन्छ ।

त्यसपर्वको दिनलाई गाई तिहारे औसी भनिन्छ । हरेक हिन्दुका घर–घरमा गाईको पुजा गरिन्छ । कुनै शुभकार्य गर्दा गाईको गोबर र गहुँत चाहिन्छ । गाईको गोबरले घर लिपेर शुद्ध बनाउने चलन छ ।

गाईको गोबरमा किटाणु मार्ने क्षमता हुँदा स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ ।

वैज्ञानिक शोधबाट थाहा भएअनुसार गाईमा जति सकारात्मक उर्जा हुन्छ, अरु प्राणीमा हुँदैन । वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हो । जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् ।

जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।

गाईको दूध र घिउ अमृतसमान हो । दहीले पाचन यन्त्र स्वस्थ्य राख्छ । गौमुत्रमा यस्ता गुण हुन्छ, जसले क्यान्सर जस्ता रोग लाग्न दिँदैन ।

चिकित्सा विज्ञानको अनुसार गाईको कलेजोलाई चार भागमा बाढिन्छ । यसको अन्तिम हिस्सामा एक प्रकारको एसिड हुन्छ, जो क्यान्सर रोगको जड हटाउने क्षमता राख्छ ।

गाईलाई लक्ष्मीको रुपमा मानेर नै आज लक्ष्मीपूजाको दिन पूजा गर्ने गरिएको धार्मिक विशवास छ ।


पुष्प दुलाल