गृहमन्त्री शर्माले भनेः चुनाव सार्ने खेल भएकोले हामी सरकार छाड्दैनौ



फाइल फाेटाे

काठमाडौं । माओवादी केन्द्रले मंगलबार सरकार छाड्ने निर्णय गर्यो ।

सो अनुसार गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्ने भनेर निम्ता पनि पठाइयो ।

तर,पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले चुनाव सार्ने खेल भएको भन्दै आफुहरुले सरकार नछाड्ने जानकारी दिए ।

सरकार छाड्न लागेको पत्र पत्रकाहरुलाई देखाउँदै शर्माले निर्वाचन आयोग मार्फत आफुहरुलाई निर्वाचन सार्ने खेल भएको सूचना आएको आधारमा सरकारमा बस्ने निर्णय गरेको बताए ।


क्लिकमान्डु