एनआरएनएको नयाँ नेतृत्व छान्न भोटिङ सुरु भयो



काठमाडौं । गैर आवासीय नेपाली संघको नयाँ नेतृत्व छनोटका लागि मतदान सुरु भएको छ । राजधानीको हायात होटलमा भएको ८औं एनआरएनए सम्मेलनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

दिउसो ३ बजेदेखि भोटिङ सुरु भएको निर्वाचन आयोगले जनाएको छ । विद्युतीय प्रणालीबाट भोटिङ भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार दिउसो ३ बजेदेखि साँझ ८ बजेसम्म भोटिङको समय तोकिएको छ । करिब साढे १९ सय जना मतदाता छन् ।

अध्यक्ष पदका लागि अहिलेका उपाध्यक्ष भवन भट्ट र अहिलेका अध्यक्ष शेष घलेपत्नी जमुना गुरुङ उम्मेद्वार छन् ।

मतदान सकिएको १ घन्टा भित्र मतगणना सुरु गर्ने निर्वाचन अायाेगले जनाएको छ । जसअनुसार अाज रातिसम्ममा मत परिणाम सार्वजनिक भइसक्ने छ ।


पुष्प दुलाल