डेढ लाख नगदसहित ८ जना जुवाडे पक्राउ



कैलाली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक लाख ६४ हजार नगदसहित ८ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनले जुवा ऐनअनुसार उनीहरुलाई कारबाही गरिने बताए । जुवा खेलाउने घरमुली पन्तलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस


पुष्प दुलाल