भरिएन कुलेखानी जलाशय, हिउँदमा होला त लोडसेडिङ ?



काठमाडौं । जलाधार क्षेत्रमा कम बर्षा हुँदा एकमात्र जलाशययुक्त आयोजनाको रुपमा रहेको कुलेखानी जलाशय भरिन सकेको छैन ।

कुलेखानीको जलाशय नभरिएका कारण आगामी हिउँदमा लोडसेडिङ होला कि भन्ने आशंका समेत बढेर गएको छ ।

प्राधिकरणले कुुलेखानी आयोजना बन्द गरेको छ । आवश्यकताअनुसार कहिलेकाही मात्र सञ्चालन हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार कुलेखानी भरीन अझै साढे ८ मिटर बाँकी रहेको जनाएको छ ।

कुलेखानीको जलाशय १ हजार ५२१.६ मिटर भरिएको छ । यो वर्ष जलाशय भरिएर १ हजार ५२४ मिटर पुग्ने अनुमान गरिएको भएपनि जलाधार क्षेत्रमा कम पानी परेका कारण उल्लेख्य सफलता हासिल हुन सकेन । गत वर्ष जलसतह १ मिटर कम अर्थात १ हजार ५२३ मिटर थियो ।

मकवानपुरको अन्य स्थानमा बढी वर्षा भएपनि जलाशय क्षेत्रमा अपेक्षाभन्दा कम पानी परेको प्राधिकरणले जनाएको छ ।

हाल प्राधिकरणले कुुलेखानी आयोजना बन्द गरेको छ । आवश्यकताअनुसार कहिलेकाही मात्र सञ्चालन हुने गरेको छ ।

कुलेखानी पहिलो र दोस्रो गरी  हाल ९२ मेगावाट बिजुली उत्पादन हुन्छ । यस्तै १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । आगामी माघमा सो आयोजना निर्माण सम्पन्न गर्ने प्राधिकरणको तयारी छ ।

यो आयोजना सम्पन्न भएपछि कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने र त्यसले लोड व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु